बसेरीमा आधारभूत अस्पतालको शिलान्यास

धादिङको गंगाजमुना गाउँपालिकामा वडा नं ६ बसेरीमा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ।२ करोड ५० लाखको लागतमा निमार्ण हुने उक्त आधारभुत अस्पतालको वडा नं ६ का वडाध्यक्ष एवम एमाले गंगाजमुनाका अध्यक्ष भक्त बहादुर लामिछाने शिलान्यास गर्नु भएको हो। आधारभुत अस्पतालको शिलान्यास गर्दै वडाअध्यक्ष लामिछाने यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता चाँडै हट्ने बताउनुभयो।

ग्रामीण भेगसम्म गुणस्तरीय स्वास्थ्य सेवाको पूर्वाधार पु¥याउने उद्धेश्यले केन्द्रीय सरकारद्धारा बिनियोजित २ करोड ५० लाखको लागतमा १६ कोठाको अस्पताल बन्न लागेको लामिछानाले जानकारी दिनुभयो।गाउँमै सुविधा सम्पन्न भवन सँगै गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएपछि त्यस क्षेत्रका नागरिकहरु  खुशी भएका छन्।

आज शिल्यान्यास गरीएको उक्त भवनको निर्माण कार्य आगामी जेठ मसान्त सम्म सक्ने लक्ष्य रहेको वडा अध्यक्ष लामिछानेले बताउनुभयो।त्यस क्षेत्रमा अस्पताल नहुँदा सामान्य स्वास्थ्य सस्या हुँदापनि फुलखर्क जानुपर्ने तथा सदरमुकाम धादिङबेशी आउनुपर्ने बाध्यता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्