शरद अधिकारीद्वारा प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेद्वारी 

नेपाली कांग्रेस धादिङको क्षेत्र नं.१ प्रदेश (ख) प्रदेश प्रतिनिधिमा युवा नेता शरद अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ।नेपाल विद्यार्थी संघबाट राजनीतिमा संक्रिय अधिकारी विभिन्न संघ–संगठनमा बसेर नेतृत्व सम्हालिसक्नु भएको छ।लामो समयदेखी नेपाली काङ्ग्रेसमा आवद्ध भै विभिन्न सामाजिक कार्यमा सङ्लग्न रहदै पार्टीलाई जिताउन तथा सङ्गगठन विस्तारमा संक्रिय हुनुभएका अधिकारीले आफुलाई प्रदेश प्रतिनिधिमा निर्वाचित गरेर जिताउनको लागि आग्रह गर्नुभएको छ।

धादिङ मण्डली यातायाको वर्तमान अध्यक्ष रहनुभएका अधिकारी यसअघि नेपाल यातायता व्यावसायी राष्ट्रिय महासंघको केन्द्रिय सदस्य,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भई काम गरिसक्नु भएको छ।नेपाली काँग्रेसको संगठन बलियो बनाउन र आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउनको लागि पनि आफुलाई मतदान गरी निर्वाचित गराउनको लागि अपिल गर्नुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्