कांग्रेस धादिङको क्षेत्रीय सभापतिमा रणबहादुर तामाङको उम्मेदवारी घोषणा

धादिङ १ मंसिर 
नेपाली कांग्रेस धादिङको क्षेत्र नं.२ प्रदेश (ख) प्रदेश सभापतिमा उत्तरी धादिङको लोकप्रिय नेता रण बहादुर तामाङले उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखी नेपाली काँग्रेसको राजनीतिमा संक्रिय हुनुभएका नेता तामाङ हाल खनियास गाउँपालिकाका अध्यक्ष रहनुभएको छ।उत्तरी धादिङको काँग्रेसको संगठन विस्तार तथा काँग्रेस पार्टी बलियो बनाउनको लागि महत्वपुर्ण भुमिका खेलेका तामाङले आफुलाई क्षेत्रीय सभापति निर्वाचिन गराउनको लागि आग्रह गर्नुभएको छ।

नेपाली काँग्रेसको संगठन बलियो बनाउन र आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउनको लागि पनि आफुलाई मतदान गरी निर्वाचित गराउनको लागि अपिल गर्नुभएको छ। उहाँले अग्रजलाइ सम्मान र सानोलाइ माया गरेर अझै पार्टीको संगठन बलियो  बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।आसन्न स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेशका सम्पुर्ण जनतालाइ नेपाली काङ्ग्रेसको रुख चिन्हमा मत हाल्न र सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीप्रती बफादार भई कार्य गराउने र पार्टीको साधारण सदस्य बढी भन्दा बढी वितरण गर्ने बताउनुभएको छ।साथै उत्तरी धादिङको सबै जातजाती र समुदायलाई समेटेर बलियो संगठन निर्माण गर्ने प्रतिबद्धताका साथ प्रदेश सभाको सभापती पदमा उम्मेदवारी घोषणा गरेको तामाङले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्