गोरखा भुम्लीचोकमा मनाइयो कफि दिवश 

आज १७ औं राष्ट्रिय कफि दिवस, दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोकमा बिबिध कार्यक्रम गरी मनाइएको छ। गण्डकी गाउँपालिका कृषी विकास शाखाको आयोजनामा कफी किसानलाई संरक्षण र प्रोत्साहन,व्यवसायिक कफी उत्पादनमा युवाको योगदान भन्ने मुल नाराका साथ किसानसँग अन्तरक्रिया कार्यक्रमका साथै कफिको विरुवा रोपेर कफि दिवस मनाएको हो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर रानामगरले गाउँपालिकामा कफी खेती विस्तारको लागि आवश्यक पर्ने सम्पुर्ण कुरा सहयोगका लागि बजेट विनियोजन,योजना बनाउने बताउनुभएको छ। आगामी दिनमा गण्डकीको कफी भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। यस्तै प्रशासकिय अधिकृत जित बहादुर भण्डारीले प्रशासनिक तवरबाट आवश्यक सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका कृषी विकास अधिकृत कृष्ण प्रसाद भट्राईले कृषीको महत्व, उत्पादन, प्रशोधन, बजारिकरण, वर्तमान अनस्था, सम्भाव्यता लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो।साथै दिवसको अवसरमा सृजनसिल कफी उत्पादन सहकारीका सचिव राम प्रसाद पन्तले किसानहरुलाई सहयोग गर्नुभएको थियो।कार्यक्रममा कृषक मिरा गुरुङले उत्पादन गरेको कफी प्रतिकेजी १५० देखी ५०० सम्म बिक्रि हुने गरेको बताउनुभयो।

गाउँपालिकाका अध्यक्ष रानामगरको अध्यक्ष्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भण्डारीको बिशेष आतिथ्य रहेको थियो।साथै कार्यक्रममा वडाध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु, सृजनसिल कफी उत्पादन सहकारी, व्यवसायीक कफी उत्पादक कृषकहरु तथा शिक्षक,बिद्यार्थी लगाएको सहभागिता रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्