भारतको प्रदूषणयुक्त हावाका कारण नेपालमा पनि भिजिबिलिटी घट्यो

भारतको प्रदूषणयुक्त हावाका कारण नेपालमा पनि भिजिबिलिटी घटेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो।आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको सापकोटाले बताउनुभयो।  हिजो अस्ति सात÷आठ हजार मिटर हुने गरेको थियो । 

अहिले हवाई सेवामा भने सञ्चालन भइरहेका छन् ।भिजिबिलिटी ३ हजार मिटरसम्म हुँदा उडान अवतरण हुने गरेको छ । मौसम धुम्म भएका बेला र तुवाँलो लागेका बेला भिजिबिलिटी कम हुन्छ । मौसमविद् निराजन सापकोटाका अनुसार अहिले भारतबाट प्रदूषणयुक्त हावा नेपाल आउन थालेकाले पनि भिजिबिलिटी स्वात्तै घटेका छ।

भारतको दिल्लीको वायु प्रदूषणले अहिले नेपालमा असर पर्न थालेको उहाँको भनाई छ।तर, दिल्लीको प्रदूषणयुक्त हावा नेपालमा प्रवेश गरेको बारे वातावरण विभागले भने कुनै औपचारिक जानकारी दिएको छैन । मौसमविद्ले भने प्रदूषणको असर देखिन थालेकाले सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रदूषणबाट बच्न घर बाहिर हिँडडुल गर्दा मास्क प्रयोग गर्नुपर्ने हुन्छ । यस्तै प्रदूषणको मात्रा बढेका बेला मर्निङवाकमा जानु उपयुक्त नहुने पनि विज्ञले बताउँदै आएका छन् । यस्तै, मौसमविद्ले भिजिबिलिटी घटेकाले गाडी चलाउँदा र  हिँडडुल गर्दा  पनि  सावधानी अपनाउन आग्रह गरेका छन् ।भिजिबिलिटी कम हुँदा दुर्घटनाको जोखिम धेरै हुन्छ । बिस्तारै  गाडी चलाउन र हिँडडुल गर्दा फुटपाथको प्रयोग गर्न मौसमविद्को आग्रह छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्