केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सिता चोदेन गुरुङको उम्मेदवारी

नेपाली कांग्रेस धादिङको प्रतिनिधीसभा क्षेत्र नं.२ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधि खुल्ला महिलातर्फ सीता चोदेन गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा संक्रिय हुनुभएका महिला नेतृ गुरुङ हाल नेपाल तामाङ घेदुङ संघ बागमति प्रदेश कमिटीको सह–सचिव साथै दिब्यदर्शन टेलिभिजनको संचालक समेत हुनुहुन्छ । 

उत्तरी धादिङमा काँग्रेसको संगठन विस्तार तथा नेपाली काँग्रेस पार्टीलाई थप बलियो बनाउनको लागि महत्वपुर्ण भुमिका खेलेकी गुरुङ्गले आगामी केन्द्रिय महाधिबेशनमा सक्षम र योग्य नेतृत्व चयन गर्नेकार्यको लागि आफुलाई महाधिबेशन प्रतिनिधिमा निर्वाचित गराउनको लागि सम्पुर्ण वडा सभापतिहरु तथा क्षेत्रिय प्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसको संगठनलाई थप मजबुत बनाउदै आसन्न निर्वाचनमा काँग्रेसलाई उत्साहजनक तवरले बिजयी बनाउनको लागि पनि आफुलाई मतदान गरी निर्वाचित गराउनको लागि गुरुङ्गले अपिल गर्नुभएको छ।आसन्न स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं.२ का सम्पुर्ण जनतालाइ मत हाल्न आग्रह गर्दै सम्पुर्ण कार्यकर्ताहरुलाई पार्टीप्रती बफादार रहेर संगठनलाई थप सुदृढ बनाउन समेत अपिल समेत गर्नुभयो ।

साथै उत्तरी धादिङको सबै जातजाति, लिङ्ग र समुदायलाई समेटेर बलियो संगठन निर्माण गर्ने प्रतिबद्धताका साथ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट खुल्ला महिला तर्फ केन्द्रिय महाधिबेशन प्रतिनिधी पदमा उम्मेदवारी घोषणा गरेको नेतृ गुरुङले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्