सामुदायिक विद्यालयमा अध्ययनरत नगरपालिकाका दलित,गरिव, अपाङ्गता, असहाय र विपन्न विद्यार्थीलाई छात्रबृत्ती

सामुदायिक विद्यालयमा अध्ययनरत नगरपालिकाका दलित,गरिव, अपाङ्गता, असहाय र विपन्न विद्यार्थीलाई छात्रबृत्ती दिने

धादिङको नीलकण्ठ नगरपालिकाले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत दलित, गरिव, अपाङ्गता, जेहेन्दार र विपन्न छात्र/छात्राहरुलाई छात्रबृत्ती दिने भएको छ ।शिक्षा समितिको भदौ ४ गतेको निर्णय अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रबृत्ती दिने निर्णय भएको हो।

नीलकण्ठ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको कक्षा ११,१२ र सामुदायिक क्याम्पसमा अध्ययनरत दलित छात्र छात्राहरुलाई उच्च शिक्षाको लागि नगरपालिकाबाट छात्रबृत्ति वितरण गर्ने कार्य सुरु हुने भएको हो। छात्रबृत्ति वितरणको लागि कार्यविधि निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । 

कार्यविधिको निर्माण पश्चात विद्यार्थीहरुको आवेदन संकलन गरी कार्यविधि अनुरुप छात्रबृत्ति वितरणको प्रक्रिया अघि बढाईने नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।दलित विद्यार्थीहरुले भने स्वैच्छिक आवेदन दिएकाहरु सबैले पाउने भएका छन्।यसैगरी गरिब,जेहेन्दार विद्यार्थीहरुको हकमा भने जम्मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको संख्याको १० प्रतिशतलाई मात्र छात्रबृत्ति दिईने भएको छ ।आर्थिक अभावको कारणले कुनैपनि बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले छात्रबृत्ति वितरण गर्न लागिएको ढुंगानाले बताउनुभयो।

शिक्षानै समग्र राष्ट्रको विकासको लागि जननी भएको र शिक्षा लिन पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएको कुरा मेयर ढुंगानाले बताउनुभएको छ । सो अनुरुप यो कार्यक्रम नगरपालिकाबाट राखिएको पनि स्पष्ट पार्नुभयो । दलित बालबालिकाहरुको शिक्षा सँग सम्बन्धीत आफु प्रति गरिएको कुप्रचार कपोकल्पित भएको भन्दै मेयर ढुंगानालेसदैव दलित,विपन्न,असहाय,गरिब र अपाङ्ग लगायतका बालबालिकाहरुको शैक्षिक भविष्यको सुनिश्चिताको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्