एमाले महाधिवेशनमा धादिङबाट १७ हजार जना सहभागी गराउने

नेकपा एमाले धादिङले १० औ महाधिवेशनका लागि जिल्लाबाट १७ हजार जनालाई सहभागी गराउने भएको छ। शुक्रबार एमाले धादिङले तयारी बैठक गरि महाधिवेशनमा जिल्लाको सबै गाउँ तथा नगरपालिकाबाट व्यानर सहित सहभागिता जनाउने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको बैठकले धादिङ जिल्लाबाट २०० बसमा व्यानर सहित सहभागिता जनाउने जिल्ला पार्टी प्रचार विभाग प्रमुख राधिका सापकोटाले बताउनुभयो। 

एमालेको १० आंै महाधिवेशनमा सहभागी हुनेहरुलाई स्वागत गर्न राजमार्ग क्षेत्रका सबै वडा र बजारहरुमा स्वागत गेट बनाईने छ। धादिङ जिल्लाले मंसिर १० गते नारायणगढ जाऔँ भनेर सार्वजनिक आब्हान गर्दै तामाङ, नेवारी, नेपाली, मगर भाषामा आग्रह समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्