प्रेस चौतारी धादिङको अधिवेशन आगामी पुस २ गते हुने

प्रेस चौतारी धादिङको अधिवेशन आगामी पुस २ गते हुने भएको छ । शुक्रबार  प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको भेलाले अधिवेशन आगामी पुस २ गते गर्ने निर्णय गरेको हो।भेलाले प्रगतिशिल पत्रकारहरुको संगठनका हिसावले अग्रणी मोर्चामा प्रेस चौतारीमा आवद्ध हुन आग्रह गरिएको छ । 

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष भुमि त्रिपाठी, जिल्ला सदस्य देव त्रिपाठी,  प्रचार विभाग प्रमुख राधिका सापकोटा, प्रेस चौतारीका केन्द्रीय सदस्य केशव अधिकारी, गायत्रि खतिवडा जिल्ला अध्यक्ष सरोज पौडेल लगायतकाको सहभागितामा जिल्लामा संचारकर्मी र उनिहरुको समस्याको बारेमा छलफल समेत गरिएको छ।कार्यक्रममा एमाले को १० औ महाधिवेशन को प्रचारप्रसार रणनितिबारेमा छलफल गरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्