पछिल्लो २४ घण्टामा २४२ संक्रमित थपिदा ४४४ संक्रमित निको भए

धादिङ,०४ मंसिर।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३६ जनाको परिक्षणमा २४२ संक्रमित थपिदा ४४४ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ४ हजार १४५ जनाको पीसीआर गर्दा २०९ जना र २ हजार ९९१ जनाको एन्टिजेन परिक्षणमा ३३ गरी २४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै २९६ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ९५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३०३ रहेको छ । सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४९५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्