१२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप दिन सुरु

काठमाडौ,०५ मंसिर ।
कोरोनाविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहलाई  दिन सुरू गरिएको छ । कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्र फाइजर खोप दिइँदै आइएको थियो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार  केही मात्रा खोप मौज्दात रहेकाले उक्त उमेर समूहका सबैलाई दिन सुरू गरिएको बताउनुभयो । खोप मौज्दात कम भएकोले करिब २८ सय बालबालिकालाई दिने खोप शाखाले जनाएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० मात्रा खोप काठमाडौँ उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकी गत कात्तिक २८ देखि लगाउन सुरु गरिएको हो। यसको दोस्रो मात्रा चार सातापछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्मका लागि तय गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्