थपिए २३८ संक्रमित,संक्रमणका कारण १ जनाको ज्यान गयो

धादिङ,०५ मंसिर । 
पछिल्लो २४ घण्टामा देशभर २३८ संक्रमित थपिदा ३७० संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ८४५ जनाको पीसीआर गर्दा २३२ जना र १ हजार २७८ जनाको एन्टिजेन परिक्षणमा ६ गरी २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार मात्रै २४२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ३५९ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १६४ रहेको छ । सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ४९६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्