आज संक्रमित बढि:३८५ संक्रमित थपिदा २५८ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर बाह्र हजार ६९७ को परिक्षणमा ३८५ संक्रमित थपिदा २५८ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार ९२१ जनाको पीसीआर गर्दा ३६७ जना र २ हजार ७७६ जनाको एन्टिजेन परिक्षणमा १८ गरी ३८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै ३७० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ६१७ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २६९ रहेको छ । सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ४ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार पाँचसय पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्