धादिङमा आज तिन परिक्षणमा एक पोजिटिभ,एक डिस्चार्ज

धादिङमा आज तिन जनाको एण्टीजेन परिक्षण मध्ये ज्वालामुखी गाउँपालिकाका एक जनाको कोरोना पोजिटिभ देखिएको छ। योसँगै जिल्लामा सक्रिय संक्रमित १० जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ६८ पुगेको छ।यस्तै आज एक संक्रमित डिस्चार्ज भएसँगै हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११२ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये १० जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्