दश हजार १७४ को परिक्षणमा ३५१ संक्रमित थपिए,नौ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर दश हजार १७४ को परिक्षणमा ३५१ संक्रमित थपिदा २७३ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ८ हजार ७२९ जनाको पीसीआर गर्दा ३१३ जना र १४ सय ४५ जनाको एन्टिजेन परिक्षणमा ३८ गरी ३५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ३८५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ६९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८९० पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३०० रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ९ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५०९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्