काँग्रेस अधिवेशनःधादिङ क्षेत्र नं १ को दुई प्रदेश सभामा अधिकारी प्यानल विजयी,क्षेत्र नं.२ को मतदान जारी 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङमा सोमबार भएको प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्वाचनमा क्षेत्र नम्बर १ को दुबै प्रदेशमा रामनाथ अधिकारी प्यानलबाट नेतृत्व चयन भएका छन्।२ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा सोमबार भएको निर्वाचनको मत परिणामबाट रामनाथ अधिकारी प्यानलबाट उम्मेदवारी दिएका राजकुमार कुंवर क्षेत्र नम्बर १ (क) बाट र क्षेत्र नम्बर १(ख) मा विष्णु प्रसाद रुपाखेती  निर्वाचित हुनुभएको छ। 

निर्वाचनमा राजकुमार कुंवरले २३० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी भिम ढुंगाना पक्षका श्याम रेग्मीले २१९ मत प्राप्त गर्नु भएको थियो।यस्तै (ख) मा अधिकारी प्यानलका विष्णु प्रसाद रुपाखेतीले २६७ मत ल्याई सभापतिमा निर्वाचित हुनुभएको थयो भने प्रतिद्वन्दी ढुंगाना पक्षका रामहरि कँडेलले १५५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिसभा क्षेत्र नं १ को अधिवेशन भने मंसिर ८ गते हुने धादिङ कांग्रेसले जनाएको छ। क्षेत्रीय अधिवेसनमा अधिकारी प्यानलबाट कुमार बहादुर सिंखडा र ढुंगाना प्यानलबाट रविसुदन थापा प्रतिस्पर्धा गर्दैछन् ।यसैगरी क्षेत्र नं.२ र क्षेत्र नं.२ को प्रदेशसभाको अधिवेशनको मतदान अहिले धादिङबेसीमा जारी भईरहेको छ। क्षेत्र नं २ मा पनि दुबै समूहले प्यानलै बनाएर प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र नम्बर २ मा अधिकारी प्यानलबाट प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा राकेश धमला र ढुंगाना प्यानलबाट दिपक कोइराला प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै २ (क) मा अधिकारी प्यानलबाट सभापतीमा होम बहादुर गुरुङ र ढुंगाना प्यानलबाट ऋषिकुमार श्रेष्ठ चुनावी मैदानमा छन्। त्यसैगरी २ (ख) मा अधिकारी प्यानलबाट हरिलाल तामाङ र ढुंगाना प्यानलबाट रणबहादुर तामाङ चुनावी मैदानमा छन्।कांग्रेस धादिङको जिल्ला अधिवेशन भने मंसिर १० गते हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्