धादिङ काँग्रेसको अधिवेशन:क्षेत्र नम्बर २ (क) मा गुरुङ र (ख) मा तामाङ बिजयी 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा भएको मतदानको अहिले मत परिणाम आउने क्रम जारी रहेको छ । हिजो मंगलबार सम्पन्न भएको क्षेत्रीय अधिवेशनको मत परिणाम अनुसार क्षेत्र नम्बर २ ख मा भिम प्रसाद ढुंगाना प्यानलका रण बहादुर तामाङ बिजयी हुनुभएको छ । यसैगरी क्षेत्र नम्बर २ क मा रामनाथ अधिकारी प्यानलका होम बहादुर गुरुङ बिजयी हुनुभएको छ ।

रणबहादुर तामाङले १९ मतको अग्रताले जितेका हुन् भने होम गुरुङले ५७ मतको अग्रतामा जितेका हुन् । यद्यपी निर्वाचन समितिले मत परिणाम सार्वजनिक भने गरि सकेको छैन । अन्य पदाधिकारी तथा सदस्य र प्रतिनीधिहरुको मतगणना सकियपछि मात्रै मतपरिणाम सार्वजनिक हुने बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्