सभापतिमा प्रत्यासि भिम प्रसाद ढुंगाना को हुन्?यस्तो छ,ढुंगानाको राजनीति ईतिहास 

प्रकाश कुमार श्रेष्ठ 
नेपाली काँग्रेस धादिङको सभापतिमा प्रत्यासि भिम प्रसाद ढुंगाना २०३७ सालदेखी नेपाली काँग्रेसको संक्रिय राजनीतिमा रहनुभएको छ । नीलकण्ठ नगरपालिकाको मेयर समेत रहनुभएका ढुंगानासँग विभिन्न निकायहरुमा काम गरेको लामो अनुभव रहेको छ । सानैदेखी निडर,हक्की र स्पष्ट वक्ताको रुपमा चिनिनु भएका ढुंगाना धादिङमा विकासप्रेमी नेताको रुपमा ख्याती कमाउनु भएको छ ।

मेयर नहुँपनि एक्सन नेपाल मार्फत धादिङको गाउँगाउँमा सामाजिक अभियन्ता भएर विकासको काम गर्नुभएको छ ।केन्द्र तथा विभिन्न दातृनिकायसँग राम्रो सम्बन्ध भएको कारण बजेट ल्याउन सक्ने क्षमता ढुंगानासँग रहेको छ । विरोधी पार्टी सँग कुटिल राजनीति गर्न सक्ने क्षमता भएका ढुंगाना संगठन विस्तार तथा काँग्रेस पार्टी बलियो बनाउन सक्ने क्षमतामा रुपमा रहनुभएको काँग्रेस स्रोत बताउछ । जुन तहमा बसेर राजनीतिक गरेपनि पार्टी बलियो बनाउसक्ने खुबिकै कारण ढुंगाना युवामाझ लोकप्रिय रहनुभएको छ ।

गुट भन्दा माथि उठेर पार्टी बलियो बनाउने हो भने एक पटक ढुंगानालाई नै अवसर दिनुपर्छ भन्ने आवाज पार्टी भित्रबाट उठेको छ ।एक पटक भिम प्रसाद ढुंगानालाई सभापति बनाउन सकिए काँग्रेस पार्टी धादिङमा पहिलो पार्टी बन्ने काँग्रेसजनमा विश्वास रहेको छ । विक्रम संवत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुंगाना २०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेविसंघ जिल्ला सदस्य हुनुभएको थियो ।

कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल हुनुभएको थियो ।२०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताएका ढुंगाना २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक÷पटक हिरासत र जेलमा पर्नु भएको थियो ।

विंस.२०४९ सालको स्थानिय निकायको चुवाव पछि तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट २६ वर्षको उमेरमा गाविस अध्यक्ष बन्न सफल हुनुभएको थियो।विकास प्रेमी नेताको छवि बनाएकै कारण २०५४ सालको स्थानिय निर्वाचनमा पनि सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल हुनुभएको थियो ।०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर र चियर मेन भएर कार्य सम्पादन गरेको अनुभव ढुंगानासँग रहेको छ ।

२०४८ सालदेखिनै नेपाली काँग्रेस धादिङको विभिन्न अधिवेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महाधिवेशनप्रतिनिधि र महासमिति सदस्य बन्न सफल हुनुभएको थियो ।विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा पनि राम्रो पहुँच भएको नेताको रुपमा परिचित उहाँले जिल्लामा खानेपानी, सडक, झोलुङ्गे पुल लगायतका विकासका पुर्वाधार निमार्णमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै धादिङका जनताले विकास प्रेमी नेताको रुपमा समेत चिन्ने गरेका छन्।

विकासप्रेमी नेताको रुपमा हेरिने र स्पष्ट बक्ता,निडर र संगठन विस्तारमा दख्खल क्षमता भएका ढुंगाना १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्नुभएको छ ।धादिङमा काँग्रेस पार्टी बलियो बनाउनको लागि पनि भिम ढुंगानाको नेतृत्व आवश्यक रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्