काँग्रेस अधिवेशनःधादिङ क्षेत्र नं २ को सभापतिमा अधिकारी प्यानलका धमाला विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा राकेश धमाला विजयी हुनुभएको छ। धमालाले ६५६ मत प्राप्त गर्नुभयो भने उहाँका निकतटम प्रतिद्वन्दी दिपक कोईरालाले ५८० मत प्राप्त गर्नुभएको छ।कुल एक हजार २८३ मतदाता रहेकोमा एक हजार २७४ मत खसेको थियो ।

धमला रामनाथ अधिकारी प्यानलका हुन भने कोइराला भिम ढुङ्गाना प्यानलका हुन् ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि मंगलबार निर्वाचन भएको थियो। 

मंगलबार सम्पन्न भएको क्षेत्रीय अधिवेशनको मत परिणाम अनुसार क्षेत्र नम्बर २ ख मा भिम प्रसाद ढुंगाना प्यानलका रण बहादुर तामाङ बिजयी हुनुभएको छ । यसैगरी क्षेत्र नम्बर २ क मा रामनाथ अधिकारी प्यानलका होम बहादुर गुरुङ बिजयी हुनुभएको छ ।रणबहादुर तामाङले १९ मतको अग्रताले जितेका हुन् भने होम गुरुङले ५७ मतको अग्रतामा जितेका हुन् ।

यस्तै क्षेत्र नम्बर १ मा सोमबार भएको निर्वाचनको मत परिणामबाट क्षेत्र नम्बर १ को (क) बाट रामनाथ अधिकारी प्यानलबाट राजकुमार कुंवर र क्षेत्र नम्बर १ को(ख) बाट विष्णु प्रसाद रुपाखेती  निर्वाचित भएका थिए ।क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदको लागि आज निर्वाचन हुदैँछ।क्षेत्र नम्बर १ मा  ढुंगाना पक्षका रविसुधन थापा र अधिकारी पक्षका कुमारबहादुर सिंखडा बिच प्रतिष्र्पधा हुदैँछ।कांग्रेस धादिङको जिल्ला अधिवेशन भने मंसिर १० गते हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्