महिला हिंसा विरुद्धको १६ दिने अभियान भोलीबाट सुरु हुदैँ:पूर्वसन्ध्यामा आज धादिङबेसीमा मैनबत्ती प्रज्वलन

 धादिङ ८ मंसिर 
महिला हिंसा विरुद्धको १६ दिने अभियान  धादिङमा पनि आज सुरु भएको छ । घरै देखि शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराको साथ नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने महिला अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ।

No description available.

अभियान अन्र्तगत आज धादिङबेसी स्थित एमाले चोकमा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका,जिल्ला प्रहरी कार्यालय,सहयात्री समाज,ईन्सेक, डेक नेपाल लगायत अन्य संघ–संस्थाको आयोजनामा धादिङबेसी पुछारबजारमा मैन बत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो ।

No description available.

उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

No description available.

मैनबत्ती प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितका उप प्रमुख विन्दा बरामु(नेपाली) ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडा,नीलकण्ठ नगरपालिकाका महिला विकास निरिक्षक निर्मला केसी,महिला अधिकारर्मी राधिका  सापकोटा,गायत्री खतिवडा लगायतको उपस्थिती रहेको थियो।अभियान अन्र्तगत भोली विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको छ । ​

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्