गलौंदीमा जारी एन्फा लिगको फाईनलमा धुनीबेसी र पात्ले भिड्ने

धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा जारी जिल्ला स्तरिय एन्फा लिग फुटबल प्रतियोगितामा धुनीबेसी युवा क्लव र विद्यार्थी उपकार संघ पात्ले फाईनल प्रवेश गरेका छन्। आज भएको पहिलो सेमिफाईल खेलमा गजुरीलाई पेनाल्टीमा हराउँदै धुनीबेसी फाईनल पुगेको हो भने धादिङ समाज धादिङलाई ४–० गोल अन्तरले पराजित गर्दै विद्यार्थी उपकार संघ पात्ले फाईनल प्रवेश गरको हो । फाईनल खेल बिहिबार ११ बजे हुने जिल्ला फुटबल संघ धादिङले जनाएको छ।

विजेता क्लवले नगद १ लाख पाउने छ भने धादिङबाट प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट हुनेछ । यस्तै उप विजेता हुने क्लवले नगद ५० हजार पाउने छ।त्यस्तै सेमिफाईनलमा पुगेका गजुरी सामुदायीक विकास समिति र धादिङ समाज धादिङले १२ हजार ५०० पाउने आयोजकले जनाएको छ। धादिङ जिल्ला फुटबल संघ धादिङको आयोजना तथा बिभिन्न स्थानिय तहको सहयोगमा गलौंदी खेल मैदानमा जारी प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्