नेपालले आज कुवेतँसग प्रतिस्पर्धा गर्दै

धादिङ ९ मंसिर ।दुबईमा जारी महिला टि–२० विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतँसग प्रतिस्पर्धा गर्दै छ। नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।छनोटअन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।

एक/एक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुई/दुई अंक छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ । छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्