काँग्रेस धादिङको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कुमार बहादुर सिंखडा विजयी 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा कुमार बहादुर सिंखडा विजयी हुनुभएको छ। सिंखडाले ५०२ मत प्राप्त गर्नुभयो भने उहाँका निकतटम प्रतिद्वन्दी रबि सुदन थापाले ३६९ मत प्राप्त गर्नुभएको छ।निर्वाचनमा कुल नौ सय मत खसेको थियो ।

सिंखडा रामनाथ अधिकारी प्यानलका हुन भने थापा भिम ढुङ्गाना प्यानलका हुन् ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार निर्वाचन भएको थियो। यस्तै क्षेत्र नम्बर १ मा सोमबार भएको निर्वाचनको मत परिणामबाट क्षेत्र नम्बर १ को (क) बाट रामनाथ अधिकारी प्यानलबाट सभापतिमा राजकुमार कुंवर र क्षेत्र नम्बर १ को(ख) बाट सभापतिमा विष्णु प्रसाद रुपाखेती  निर्वाचित भएका थिए ।

यसैगरी धादिङकै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा राकेश धमाला विजयी हुनुभएको छ। धमालाले ६५६ मत प्राप्त गर्नुभयो भने उहाँका निकतटम प्रतिद्वन्दी दिपक कोईरालाले ५८० मत प्राप्त गर्नुभएको छ। धमला रामनाथ अधिकारी प्यानलका हुन भने कोइराला भिम ढुङ्गाना प्यानलका हुन् । 

मंगलबार सम्पन्न भएको क्षेत्रीय अधिवेशनको मत परिणाम अनुसार क्षेत्र नम्बर २ ख मा भिम प्रसाद ढुंगाना प्यानलका रण बहादुर तामाङ बिजयी हुनुभएको छ । यसैगरी क्षेत्र नम्बर २ क मा रामनाथ अधिकारी प्यानलका होम बहादुर गुरुङ बिजयी हुनुभएको छ ।रणबहादुर तामाङले १९ मतको अग्रताले जितेका हुन् भने होम गुरुङले ५७ मतको अग्रतामा जितेका हुन् ।

कांग्रेस धादिङको जिल्ला अधिवेशन भने मंसिर १० गते हुने निर्वाचन समितिले जनाएको छ।जिल्ला सभापतिमा रामनाथ अधिकारी र भिम प्रसाद ढुङ्गानाबिच प्रतिष्पर्धा हुदैँछ । ढुङ्गाना सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा पक्षका हुन भने अधिकारी रामचन्द्र पौडेल पक्षका हुन् ।

क्षेत्र नं. १ को क्षेत्रिय अधिबेशनको यस्तो छ,मत परिणाम 
सभापती(१)

कुमार बहादुर सिंखडा–५०२ (बिजयी)
रबि सुदन थापा–३६९
सचिव (२)
नवराज धिताल–३२८
भिम प्रशाद भट्ट–५२२ (बिजयी)
श्रीराम खतिवडा–५३३ (बिजयी)
सुवास बिसुराल–३१३
सह–सचिव (२)
भुवन बस्नेत–३१२
रुद्र बहादुर गिरी–३१६
बैकुण्ठ मान जोशी–५४४ (बिजयी)
सन्तबिर तामाङ–५१४ (बिजयी)
क्षेत्रीय सदस्य महिला(१)
चन्द्रावती पाठक–३१९
सुस्मिता गजुरेल–५०९ (बिजयी)
क्षेत्रीय सदस्य खुल्ला(३)
चन्द्र बहादुर तामाङ–३२८
दिलिप कुमार चालिसे–५१७ (बिजयी)
प्रेमनाथ कडेल–५१५ (बिजयी)
बसन्त झ्याउरी मगर–३०७
लक्षमण थापा–५२३ (बिजयी)
सोम बहादुर श्रेष्ठ–२९०
क्षेत्रीय सदस्य खस आर्य महिला(१)
गीता खरेल–५४० (बिजयी)
सीता शाहि ठकुरी–३०२
क्षेत्रीय सदस्य खस आर्य खुल्ला(१)
गुणराज खकुरेल–२८४
सुरेन्द्र थपलिया–५५६ (बिजयी)
क्षेत्रीय सदस्य अल्पसंख्यक(१)
बिस्मिल्ला मियाँ–५१८ (बिजयी)
सन्ते राई दनुवार–३१६
क्षेत्रीय सदस्य आदिवासी जनजाती(२)
टलक बहादुर तामाङ–३१५
शिव बहादुर श्रेष्ठ–५५८ (बिजयी)
सन्दिप घले–५५६ (बिजयी)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्