गजुरी–२ चालिसेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु,एक घाईते

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्।विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिनुभयो।

मृत्यु हुनेमा धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङकी ११ वर्षीय कृपा अर्याल रहेकी छिन्।दुर्घटनामा घाइते मृतक बालिकाकी आमा मिठु अर्यालको गजुरीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रिमालले जानकारी दिनुभयो।तस्विर थाहा खवर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्