धर्मगुरु केशव आचार्यको रिहाइको माग

धर्मगुरु केशव आचार्यको रिहाइको माग गर्दै जनजागरण पार्टी नेपालले सरकारको ध्यानाकर्षण गराइएको छ ।बिहिबार जनजागरण पार्टी नेपाल धादिङले एक विज्ञप्ति जारी गर्दै इसाई धर्म गुरु पाष्टर आचार्यको अविलम्ब रिहाइको माग गर्दै  सरकारको ध्यानाकर्षण गराइएको हो।

जनजागरण पार्टी नेपालका केन्द्रिय सदस्य चेरोङ तामाङ, जिल्ला इन्जार्च गोपाल तामाङ, जिल्ला अध्यक्ष राजन थापा मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा कानुनको मर्म न्याय हो,गैरकानुनी कदम सच्याऊ, अल्पसंख्यक धार्मिक समुदायमाथिको दमन बन्द गर लगाएतका मागहरु उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्