काँग्रेस धादिङको सभापतिमा महाभिडन्त : ढुंगाना की अधिकारी ? 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भोली १० गते  धादिङको जिल्ला अधिवेशन हुन लागेको छ। जिल्ला अधिवेशनलाई लिएर विभिन्न अड्कलबाजि हुन थालेका छन्। जिल्लाको सभापति को हुने भन्ने विषय यतिखेर चर्चामा रहेको छ। दुई प्यानलनै बनाएर महाधिवेशनमा होमिएको काँग्रेस जिल्ला नेतृत्व कस्ले हत्याउने भन्ने गृहकार्यमा जुटेको छ ।

नगर प्रमुख समेत रहनुभएका भिम प्रसाद ढुंगाना र पुर्व सभापति रामनाथ अधिकारी बीच भोली कडा प्रतिस्पर्धा हुने देखीएको छ । विकासप्रेमी नेता,स्पष्ट वक्ता र निडर व्यक्तिको पहिचान बनाउन सफल ढुंगाना र लामो समय पार्टीको नेतृत्व गरिसकेका कुटिल राजनीति गर्न सिपालु अधिकारी बिचको प्रतिस्पर्धालाई महत्वको साथ हेरिएको छ ।क्षेत्र र प्रदेशको निर्वाचनमा अधिकांश पद जित्न सफल रामनाथ अधिकारी पक्ष भोलीको जित पनि आफ्नो हुने दावी गरीरहेको छ । 

यता विकासप्रेमी नेता,जनताले रुचाइएका नेता तथा पुस्ता हस्तान्तणको मुद्वा बोक्नुभएका ढुंगानाको नै जित हुने ढुंगाना पक्षले दावी गरेको छ ।सधैँ एउटै व्यक्ति मात्र पदमा बसीरहने परिपाटीलाई अन्त्य गरि नयाँलाई अवसर दिएर पार्टी बलियो बनाउने अभियानमा सबै रहेकोले भोली ढुंगानालाई नै बढी मत आउने निकट स्रोतले बताएको छ ।

नयाँलाई अवसर नदिने हो भने युवा पुस्ताको पालो कहिले आउने,एक नेताले भन्नुभयो,“गुट मात्र बलियो बनाएर हुदैन,पार्टी बलियो बनाउनुपर्छ,त्यसको लागि नयाँलाई अवसर दिएर नेपाली काँग्रेसलाई बलियो बनाउने हो भने यस पटक ढुंगानालाई नै मत दिनुपर्छ।”अहिलको मतलाई हेर्न नहुने भन्दै ती नेताले भन्नुभयो,“सबै कार्यकर्ताको मागलाई सम्बोधन गर्नुपर्छ,एउटै व्यक्ति लामो समय पदमा बस्दा के परिणाम आयो ?,काँग्रेसले कस्तो क्षती बेहोर्नु प¥यो, त्यो पनि हेर्नुपर्छ।”

माथिल्लो पदमा जानुपर्ने बेलामा जिल्लामै बसीरहने हो भने केन्द्रिय राजनीतिमा जाने कहिले?ती नेताले भने “हामि उहाँलाई सम्मान गर्छौ,बर्षौ बर्ष एउटै पदमा बसेर मात्र हुदैन,परिणामलाई हेर्नुपर्छ । त्यसैले अधिकारीलाई सम्मान गर्दै नयाँलाई अवसर दिएर काँग्रेस पार्टीलाई बलियो बनाउने हो भने सबै काँग्रेसी प्रतिनिधिले गम्भीर बनेर गुट नहेरी ढुंगानालाई नै मत दिनुपर्छ,अन्यथा हात्ति आयो हात्ति आयो फुस्सा भनेझै हुन्छ।”

जनतामाझ सधै भेटिने अधिकारी धादिङमा जनताको काम गर्ने नेताको रुपमा ख्याती कमाउनु भएको छ ।१० गते(भोलि) हुने जिल्ला अधिवेशनमा सभापति सहित विभिन्न पदमा निर्वाचन हुदैछ । जिल्ला अधिवेशनबाट सभापति १ जना,उप–सभापति २ जना,सचिव २ जना,सह–सचिव २ जना,जिल्ला कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । त्यसैगरी विभिन्न कोटा र आरक्षणमा पनि निर्वाचन हुने नेपाली काँग्रेस धादिङले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्