एमालेको १० औँ महाधिवेशन आजदेखि,नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी

आजदेखि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु हुँदै छ। तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ।। त्यसका लागि नेता कार्यकर्ता चितवन पुग्ने क्रम जारी छ। महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदैछन्। उद्घाटनमा पाँच लाख सहभागी हुने एमालेले दाबी गरेको छ।

प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका हुन। प्रतिनिधिमा २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको  एमाले प्रचार विभाग योगश भट्टराईले जानकारी दिए।  कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उको भनाइ छ।  महाधिवेशनमा सल्लाहाकार १५ सहित पाका–पुराना १०३ जना परिवेक्षक रहन हुनेछ। उद्घाटन सत्रका दिन पाँच हजार स्वयंसेवक परिचालन हुने छन्।  

May be an image of 11 people and people standing

धादिङ जिल्लाबाट महाधिवेशनमा २२ जना प्रतिनिधि छानिएका छन् । जिल्लाले १७ हजार कार्यकर्ता चितवनमा लग्ने तयारी गरिएको एमाले धादिङले जनाएको छ।जिल्लाको सबै गाउँ तथा नगरपालिकाबाट २०० बसमा व्यानर सहित सहभागिता जनाउने जिल्ला पार्टी प्रचार विभाग प्रमुख राधिका सापकोटाले बताउनुभयो। एमालेको १० आंै महाधिवेशनमा सहभागी हुनेहरुलाई स्वागत गर्न राजमार्ग क्षेत्रका सबै बजारहरुमा स्वागत गेट बनाईएको छ।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आउने छन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन्। कोरोनाका कारण धेरै देशबाट पाहुनाहरु उपस्थित हुन नसकेको सो अवसरमा जानकारी दिइएको थियो।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ। अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन्। बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ।

मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ। सोही दिन साँझसम्ममा मत परिणाम आउने उहाँले जानकारी दिनुभयो।

May be an image of 1 person, outdoors and monument

May be an image of 2 people, people standing and outdoors

May be an image of 7 people, people standing and road

May be an image of 4 people and road

May be an image of outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्