काँग्रेस जिल्ला कार्यसमिति सदस्यमा प्रकाश श्रेष्ठको उम्मेदवारीःको हुन् प्रकाशकुमार श्रेष्ठ ? 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रकाशकुमार श्रेष्ठले जिल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिनुभएको छ ।धादिङ जिल्ला कै एक गतिशील र बहुआयामिक युवाको रुपमा स्थापित श्रेष्ठले आफुलाई सदस्यमा पदमा निर्वाचित गर्नको लागि आग्रह गर्नुभएको छ ।वाणिज्य शास्त्रमा स्नाकोत्तर गर्नुभएको  श्रेष्ठ पेशाले कर, लेखा तथा परामर्श सेवा उपलब्ध गराउने  सस्था सोलुसन हबका प्रमुख समेत रहेका छन् ।

सानै उमेरमा विभिन्न रास्ट्रीय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुमा काम गरेको श्रेष्ठ युवाहरुका लागि विभिन्न रोजगारिको सिर्जना गरेको अनुभव  रहेको छ । विगत  १० बर्षदेखी धादिङ जिल्ला सहित नेपालका  विभिन्न जिल्लाहरूमा उधमशिलता विकास, आयआर्जन, नेतृत्व विकाश, महिला शसक्तिकरण जस्ता धेरै क्षेत्रमा कार्य गर्दै विभिन्न अनुभव बटुलेका श्रेष्ठले भुकम्प तथा कोरोना महामारीमा पनि समुदायमा गएर राहत तथा पुर्नस्थापनाको लागि काम गरेको अनुभव रहेको छ ।

नीलकण्ठ नगरपालिका ८, धादिङका स्थायीबासी  श्रेष्ठ आफ्नो सामाजिक कार्यले स्थानीय स्तरमा लोकप्रिय छन । शिक्षा , स्वास्थ, सडक, खानेपानी, सामुदायिक वन, बिधुत जस्ता विकासका पुर्वाधारहरुको निर्माणमा महत्वपूर्ण भुमिका खेलेकाले स्थानीयहरुको पहिलो रोजाईमा रहेका छन् ।  सरल मिजासिलो र सामान्य स्वभावका श्रेष्ठ धादिङ जिल्लाका लागि एक बिस्वासिला र भरपर्दाे युवा नेता  हुन । नेपाली काँग्रेसको बागमती प्रदेश स्तरिय बैंक बित्त र सहकारी बिभागीय सदस्यको जिम्मेवारी सम्हालीरहेका उनी घरेलु तथा साना उधोग बागमती प्रदेशमा भर्खरै निर्बचित भएका छन ।

नीलकण्ठ नगरपालिकाको न्यायिक समिति, लेखा समिति, उधमशिलता विकास कार्यक्रममा आफ्नो जिम्मेवारी बहन गरिरहेका श्रेष्ठ जिल्ला समन्वय समिति धादिङको सदस्यको उम्मेदवार समेत रहेका थिए ।खुल्ला र बिपिको समाजवाद उन्मुख अर्थनीतिका पक्षधर उनी राजनीतिलाई आर्थिक बिकाश र समृद्धि सँग जोडिनुपर्छ भन्ने मत राख्छन ।

भारत, युएई लगाएत केही देशको भ्रमण गरेका उनी हाल नेपाली काँग्रेस धादिङको जिल्ला कार्यसमितिमा आदिवासी जनजाति तर्फबाट उम्मेदवार रहेकाछन ।काँग्रेस पार्टीलाई बलियो बनाउन र राजनीति सँगै उद्यमशिलता लाई जोड्नपर्छ भनेर आफु राजनीतिमा आएको भन्दै अमुल्य मत दिएर निर्वाचित गराउनको लागि प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्