राजेन्द्र महतो र लक्ष्मण लाल कर्ण भोली धादिङ आउदै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो र संसदिय दलका सभापति लक्ष्मणलाल कर्ण भोलि शनिबार धादिङ आउने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धादिङको संगठन विस्तार तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि लोसपाका पार्टीका वरिष्ठ नेता एवम पूर्व उपप्रधानमन्त्रि तथा सहरी विकास मन्त्रि राजेन्द्र महतो र लोसपाका नेता,पूर्वमन्त्री एवं संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्ण भोलि धादिङ आउने भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धादिङका निर बहादुर श्रेष्ठका अनुसार धादिङबेशी स्थित जिविका होटलमा विहान साँढे ११ बजेदेखि हुने कार्यक्रमको तयारी पूरा भइसकेको छ ।कार्यक्रममा वरिष्ठ नेता महतो, संसदिय दलका सभापति कर्ण तथा जिल्ला तहका नेताहरुले सम्बोधन गर्ने श्रेष्ठले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्