काँग्रेस जिल्ला कार्यसमिति सदस्यमा तिलक प्रसाद ढुंगानाको उम्मेदवारी 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत युवा नेता तिलक प्रसाद ढुंगानाले जिल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिनुभएको छ। वि.स.२०५६ सालदेखी नेपाल विद्यार्थी संघबाट राजनीतिमा आउनु भएका ढुंगाना एक सफल व्यावसायी रुपमा परिचित हुनुहुन्छ । साविकको खाल्टे गाउँ विकास समितिमा नेपाली काँग्रेसको संगठन विस्तारमा अहम भुमिका खेल्नुभएका ढुंगाना युवा माझ लोकप्रिय हुनुहुन्छ।

वि.स. २०५८ सालमा नेविसंघको नीलकण्ठ ईकाको उपाध्यक्ष समेत हुनुभएका ढुंगाना पार्टीलाई बलियो बनाउनको लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । स्थानिय स्तरमा रोजगारी सृजन गर्ने र सामाजिक कार्यमा संक्रिय हुनुभएका ढुंगानाले १४ महाधिवेशनमा आफुलाई मत दिएर बिजयी गराउनको लागि पनि अपिल गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु हुदैछ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्