एमाले महाधिवेशन ड्रोनबाट हेर्दा… (तस्बिरहरू)

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणगढमा रहेको नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनअघि स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा  झाँकीसहितका ¥याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँ–ठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता र कार्यकर्ताले महाधिवेशन हेरिरहेका थिए । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका थिए ।

उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको थियो । उज्यालोबाट साभार

unn.prixa.net

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्