२७० संक्रमित थपिदा ३०२ संक्रमित निको भए, २ जनाको मृत्यु

धादिङ,१० मंसिर । 
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४४६ को परिक्षणमा २७० संक्रमित थपिदा ३०२ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ८२९ जनाको पीसीआर गर्दा २४२ जना र २ हजार ६१७ जनाको एन्टिजेन परिक्षणमा २८ गरी २७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

बिहीबार मात्रै ३०८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ९७९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १ हजार ७२२ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २८७ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्