नेकपा माओवादी केन्द्र धादिङको पालिका अधिवेशन भोली,गल्छीमा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती हुने 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र धादिङको पालिका अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ११ गते(भोलि) धादिङको १३ वटै स्थानिय तहको अधिवेशन हुने नेकपा माओवादी केन्द्र धादिङले जानकारी दिएको छ ।पार्टी संगठनलाई विस्तार गरेको माओवादी केन्द्रले धादिङमा उत्साह पुर्वक अधिवेशन गर्ने लक्ष्य राखेको छ ।पार्टी संगठनलाई एकताबद्ध बनाई आगामि निर्वाचनमा जित हासिल गर्ने उदेश्य सहित माओवादी केन्द्र अहिले पालिका/नगरपालिका अधिवेशनमा जुटेको छ ।

मंसिर ११ गते (भोली) धादिङको गल्छी गाउँपालिकामा बृहत सास्कृतिक कार्यक्रम सहित पालिका अधिवेशन हुने राजेन्द्र आर्चायले जानकारी दिनुभयो ।पालिका अधिवेशनको लागि भोली गल्छीको छाङ्गेश्वर मन्दिर प्राङ्गणमा लोकदोहोरी कलाकार प्रकाश पराजुली,डिला विक,हास्यव्यग्य कलाकार सुवोध गौतम(एकदुमे) निरु कार्की र बालकृष्ण श्रेष्ठको प्रस्तुती रहने माओवादी केन्द्र वडा नम्बर ८ का वडा अध्यक्ष टोल प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यमा पालिका अधिवेशन हुन लागेको हो । मङ्सिर ११ गते पालिका अधिवेशन सम्पन्न गरे सँगै माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा प्रदेश अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्दै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय महाधिवेशनको आयोजना हुन लागेको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्