पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिदा ३२५ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६३२ को परिक्षणमा २१३ संक्रमित थपिदा ३२५ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ४ हजार ९०७ जनाको पीसीआर गर्दा १९७ जना र १ हजार ७२५ जनाको एन्टिजेन परिक्षणमा १६ गरी २१३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

शुक्रबार मात्रै २७० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १६ हजार १९२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २ हजार ४७ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १५३ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५२१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्