नेपालमा बहुल राज्य आवश्यक रहेको राजेन्द्र महतोको भनाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता तथा पुर्व उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा बहुल राज्य आवश्यक रहेको दावी गुर्नभएको छ ।महतो मन्त्री हुँदा बहुल राज्यको कुरा गर्दा उनको भनाई विवादित बनेको थियो । महतो  पुन धादिङ आएर सोहि विवादित भाषण दिनुभएको हो ।

शनिबार धादिङबेशीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)धादिङको संगठन विस्तार तथा बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भएको भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दावी गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता महतोले अधिकार र पहिचानका लागि अन्तिम लडाई लडनु पर्ने बेला आएको बताउनुभएको छ।

अहिलेका शासकहरु अधिकार दिने भन्दा पनि भएको अधिकार खोस्ने प्रक्रियामा लागेको भन्दै महतोल भन्नुभयो, ‘अधिकार माग्दा रेशम चौधरी लगायत थारु नेता जेलमा बस्नु पर्ने तर १७ हजार मान्छे मार्ने आन्दोलनको नेतृत्वकर्ताहरु यो देशको प्रधानमन्त्री हुने,यो कस्तो न्याय हो।’देशका प्रमुख पार्टी कांग्रेस, एमाले र माओवादीले पछाडी परेका समुदायको अधिकार नसमेटिएको संविधान बनाएको भन्दै अधिकारको लागि लड्दा गोलि ठोक्ने गरेको वरिष्ठ नेता महतोको भनाई छ।

यसैगरी संगठन विस्तार तथा बृहत पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रिय कार्यकारिणी सदस्य एवम पूर्वमन्त्री तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले शुभकामना मन्तब्य व्यक्त गर्दै गाउँ–गाउँमा संगठन बिस्तार गर्न आग्रह गर्नुभएको छ।उहाँले अन्याय बिरुद्ध एकजुट हुन आग्रह गर्दै आफ्नो पहिचान सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्