माओवादी केन्द्र धादिङको अधिवेशनः१२ पालिकामा सर्वसम्मत,गजुरीमा स्थगित

नेकपा (माओवादी केन्द्र)धादिङले जिल्लाको १२ स्थानीय तहमा अधिवेशन सम्पन्न गरको छ। शनिबार गजुरी गाउँपालिकामा बाहेक १२ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्र धादिङले जनाएको छ।

नीलकण्ठ नगरपालिकाको अध्यक्षमा शम्भु श्रेष्ठ, ज्वालामुखि गाउँपालिकाको अध्यक्षमा दिपक बस्नेत (सुरप्रताप),धुनीबेसी नगरपालिकाको अध्यक्ष राजकुमार पाठक, थाक्रेको अध्यक्षमा जिन्दगी थापा, गल्छीको अध्यक्षमा रामशरण सेन्चुरी चयन हुनुभएको छ।

यस्तै बेनीघाट रोराङको अध्यक्षमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया, रुबीभ्यालीमा कर्मा लामा, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुनामा रामेश्वर सिंखडा, त्रिपुरासुन्दरीमा देवराज धरेल र नेत्रावती डवजोङमा प्रेम तामाङ सर्वसम्मत चयन हुनभएको माओवादी केन्द्र धादिङले जनाएको छ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले शनिबार धादिङ सहित देशभरिका पालिकाहरूमा अधिवेशन गरेको छ।शनिबार दिउँसो १ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले देशभरिका अधिवेशनमा भर्चुअल्ली सम्बोधन गर्नुभएको थियो।मंसिर ४ गते देशभरि वडा अधिवेशन गरेको थियो। प्रायः सबैतिर सहमतिका आधारमा नेतृत्व चुनिएको छ।

२५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने जनाईएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्