२२ वर्षीय युवतीले जन्माईन तिम्ल्याहा शिशु 

धादिङको मलेखु स्थित टिचिङ अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। शनिबार गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारकी २२ वर्षिय एक युवतीले २ छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।

धादिङमै पहिलो पटक मलेखु टिचिङ अस्पतालले सिजेरियन सेक्शन विधि अर्थात पेट चिरेर ३ ओटा बच्चालाई सकुसल जन्माउन सफल भएको हो। यस्तै सिजेरियन शल्यक्रियाबाटै अर्की वडा नम्बर २ मलेखुकी ३७ वर्षिया महिलाले छोरालाई जन्म दिएकी छिन् । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालका स्वास्थ्यकर्मी जितकुमार शाक्यले जानकारी दिनुभयो । 

No description available.

करीब ३ बर्ष पहिले त्री.बि शिक्षण अस्पातल महाराजगन्ज काठमाण्डौसंगको सहकार्यमा गजुरी २ मलेखुमा संचालन गरिएको उक्त अस्पतालले एमडिजिपि मेडिकल अफिसरद्वारा २४ सै घण्टा स्वास्थ्य सेवा संञ्चालन गरिरहेको छ ।

अस्पतालले हप्ताको सातै दिन २४ सै घण्टा बिशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने गरेको छ ।हाल अस्पतालले आकस्मिक सेवा, बाल रोग बिशेसज्ञ सेवा, प्रसुती तथा महिला रोग बिशेसज्ञ सेवा, छाला, चर्म तथा योन रोग बिशेषज्ञ सेवा, हार्ड जोर्नी तथा नशा रोग बिशेसज्ञ सेवा, मुटु, फोक्सो, पेट, कलेजो तथा मिर्गौला रोग बिशेसज्ञ सेवा, सुगर, थाइराइड तथा हर्मोन रोग बिशेसज्ञ सेवा, भिडिओ एक्स रे बिशेसज्ञ सेवा, होल बडी चेक अप बिशेसज्ञ सेवा, एपेन्डिसाइटिसको अपरेशन सेवा, बच्चा पाउने अपरेशन सेवा, हाइड्रोसिल, हर्निया आदिको अपरेशन सेवा, समान्य चिकित्सा सेवा , हरेक दिन पिसिआर परिक्षण गरी भोली पल्टै रिपोर्ट दिने सेवा दिने गरेको छ ।त्यस्तै पछिललो समय अस्पतालमा १० बेडको कोभिड वार्ड र ५ बेड को आइसोलेसन वार्डसमेत संचालन गरिहेको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्