ज्वालामुखी–७ का दुई विद्यालयलाई न्यानो कपडा र कम्प्युटर सहयोग

कल्याण फाउण्डेसनले धादिङको दुई वटा विद्यालयलाई न्यानो कपडा र कम्प्युटर सहयोग गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा रहेको परोपकार आधारभुत विद्यालय र सोहि वडाको स्थानापति आधारभुत विद्यालयलाई न्यानो कपडा, शैक्षिक सामाग्री, कम्प्युटर र प्रिन्टर सहयोग गरीएको हो । 

परोपकार आधारभुत विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई ट्रयाग सुट, झोला, कपी र पेन्सिल सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यपाक दयानिधि छत्कुलीले जानकारी दिनुभयो । यसैगरी सोहि वडामा रहेको स्थानापति आधारभुत विद्यालयलाई २ वटा कम्प्युटर र एक वटा प्रिन्टर सहयोग गरीएको कल्याण फाउण्डेशनले जानकारी दिएको छ ।

कल्याण फाउण्डेसनका प्रमुख तथा समाजसेवी, युवा व्यावसायी कासी दनैले विद्यालयका प्रधानाध्यापकहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो । चैनपुरमा जन्मिएर हाल बेल्जियममा व्यावसाय गर्दै आउनुभएका कासी दनैले धादिङ लगायत अन्य क्षेत्रमा सामाजिक कार्य गर्दै आईरहनु भएको छ ।अन्तराष्ट्रिय धादिङ समाजका उपाध्यक्ष समेत रहनु भएका दनैले आफुले कमाएको केहि रकम फाण्डेशनमा राखेर अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनुभएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्