समुदायमा आधारित संगठनका स्वयंसेवकहरुलाई घट्ना व्यवस्थापन सम्बन्धी  अभिमुखिकरण 

धुनिबेशी नगरपालिका र थाक्रे गाउँ पालिकामा रहेको समुदायमा आधारित संगठनका स्वयंसेवकहरुलाई १ दिने घट्ना व्यवस्थापन अभिमुखिकरण सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा घट्ना व्यवस्थापन भनेको के हो? यसका चरणहरु के के हुन? कस्ता घट्नाहरुलाई प्राथमिकीकरण दिनुपर्छ? बालबालिका सम्बन्धी लिएको सुचनालाई कसरी व्यवस्थित गर्न सकिन्छ र गोपनियताको प्रोटोकल लगाएतका बिषयमा छलफल भएको थियो  । 

No description available.

मिडिया सहित ११ जनाको उपस्थिति रहेको यस कार्यक्रममा संस्थाको बाल संरक्षण नीति,स्वयंसेवकहरुको काम कर्तव्य रउत्तरदायित्व तथा बालबालिका अधिकार पक्षहरुको बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो।

No description available.

साथै कार्यक्रमको सहजीकरण अनुगमन तथा मुल्यांकन अधिकृत भिम चेपाङले गर्नु भएको थियो। विश्व शिक्षा नेपाल र प्रयास नेपाल धादिङको साझेदारिमा संचालित सक्रिय परियोजना थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिकामा बिगत २ बर्ष देखि संचालन भईरहेको सामुदायिक सहजकर्ता गोबिन्द बिडारीले जानकारी दिनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्