मंसिर १७ देखि मतदाता नामावली संकलन गरिदै,धादिङमा २ चरणमा गरिने

जिल्ला निर्वाचन कार्यालय धादिङले मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।आइतबार जिल्ला निर्वाचन कार्यालय धादिङले धादिङबेशीमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यहि मंसिर १७ गते देखि पौष ८ गतेसम्म जिल्लाको १३ वटै स्थानीय तहमा २ चरणमा नामावली संकलन कार्यक्रम गर्ने जानकारी गराएको हो ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन गरिने छ। त्यस्तै दोस्रो चरण अन्तरगत मंसिर २८ गतेदेखि पौष ८ गतेसम्म त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, खनियाबास, बेनिघाट रोराङ, थाक्रे र गल्छी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयले जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगाएत सरोकारवालाहरुसँग नामावली संकलन कार्यलाई थप सहजीकरण गरिदिन आग्रह गरेको छ।हाल जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको छ। 

May be an image of text

No photo description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्