कांग्रेसको धादिङको सभापतिमा पौडेल समूहका रामनाथ अधिकारी विजयी

धादिङ।नेपाली कांग्रेसको धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी विजयी हुनु भएको छ।१४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ।पौडेल पक्षका उम्मेदवार अधिकारी ३६ मत अन्तरले सभापतिमा विजयी हुनुभएको हो।

सभापतिमा विजयी अधिकारीले १ हजार ८२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भिम प्रसाद ढुंगानाले १ हजार ४६ मत प्राप्त गर्नुभयो।यस्तै उपसभापतिमा पनि पौडेल पक्ष(अधिकारी प्यानल)का दल बहादुर अधिकारी र गेहेन्द्र मल्ल विजयी भएका छन्।

गेहेन्द्रले १ हजार ६८ मत प्राप्त गरेका छन् भने अधिकारीले १ हजार ६ मत प्राप्त गर्नुभयो। देउवा पक्ष(ढुंगाना प्यानल)का झंक भट्टले ९ सय ६९ र शेरबहादुर तामाङले ९ सय ८१ मत प्राप्त गरे।

सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे विजयी भएका छन्। उहाँहरू पनि पौडेल पक्ष (अधिकारी प्यानल)कै हुन्।श्रेष्ठले ११ सय २१ मत प्राप्त गरेका छन् भने पाण्डेले १ हजार १२ मत प्राप्त गरे। देउवा पक्ष(ढुंगाना प्यानल)का सचिवका उम्मेदवार राजेन्द्र अधिकारी,राजु पाख्रिनले क्रमश ८ सय ९८ र  ९८५ मत प्राप्त गरे।

उपसचिवमा सभापतिमा विजयी भएका अधिकारी प्यानलका नवराज तिमल्सिनाले १ हजार ९१ मत प्राप्त गर्नुभयो भने ढुंगाना प्यानलका हरि खतिवडाले ९१५ मत प्राप्त गर्नुभएको छ।

यसैगरी सह–सचिब पदमा अधिकारी प्यानलका क्रान्ति डल्लाकोटी र ढुंगाना प्यानलका बिजय पाख्रिन तामाङको बराबर ९९५ मत आएपछि पाख्रिन र डल्लाकोटिले २/२ बर्ष कार्यकाल बाढ्ने सहमती गरेका छन्। सहमती अनुसार पहिलो दुई बर्ष बिजय पाख्रिन सह सचिव हुनेछन भने दुई बर्षपछि क्रान्ती डल्लाकोटीलाई पद हस्तान्तरण गर्ने काँग्रेस धादिङले जनाएको छ।

यस्तै महाधिवेशन प्रतिनिधी अपाङ्गता तर्फ बाबुकृष्ण सापकोटाले १ हजार ६६ मत ल्याई बिजयी हुनुभएको छ भने र प्रदेश अधिवेशन प्रतिनिधी अश्विन लम्सालले १ हजार ७४ मत ल्याई बिजयी हुनुभएको छ। प्रदेश र केन्द्रीय प्रतिनिधिमा विजयी भएका पनि पौडेल पक्षका रहेका छन्।दुई हजार १९७ मतदाता रहेको जिल्लामा कुल २ हजार १५६ मत खसेको थियो।

ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए ।सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं. २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । त्यसपछि क्रमश भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी र डाराजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । ३ जना यसअघि नै निर्विरोध भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्