कोरोना अपडेटः २५९ संक्रमित थपिदा २६४ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८८८ को परिक्षणमा २५९ संक्रमित थपिदा २६४ संक्रमित निको भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार २३१ जनाको पीसीआर गर्दा २४३ जना र २ हजार ६५७ जनाको एन्टिजेन परिक्षणमा १६ गरी २५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार  मात्रै २१३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख २ हजार ६५३ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४४ रहेको छ।सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार ५२४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्