अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी

अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी नियुक्त हुनु भएको छ ।धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ छापडाँडा स्थायी घर भई  विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका लोहनी समाजको प्रवक्तामा नियुक्त हुनु भएका हो।प्रवक्तामा नियुक्त भएसँगै लोहनीले  अन्तर्राष्ट्रिय धादिङ समाजको गरिमामय राख्न आफुले सकेको योगदान गर्ने बताउनुभयो।

समाजका अध्यक्ष राजन खकुरालले  लोहनी प्रवक्ता नियुक्ति भएसँगै संस्था अझै बलियो हुने र आफूलगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न उत्साह बढेको जानकारी दिनुभयो।यस्तै महासचिव राजेन्द्र श्रेस्ठले समाज सम्पूर्ण धादिङवासीहरूलाई एकै ठाउँमा जोड्न थप बल पुगेको र सामाजिक सेवामा समाज अझै सशक्त भएर अगाडि बढ्ने बताउनुभयो।

‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित संस्थाले धेरै देशहरु नेटवर्क विस्तार गरिसकेको छ ।अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो ।समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ। विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्