धादिङका खेम लोहनी र जानुका सिंखडा एमाले केन्द्रिय सदस्यमा चयन

नेकपा एमालेको १० औं महाधिवेसनवाट धादिङका खेम लोहनी र जानुका सिंखडा केन्द्रिय सदस्यमा चयन हुनुभएको छ ।चितवनमा जारी पार्टीको दशौं महाधिबेशनबाट धादिङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद एवम नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव,धादिङका इन्चार्ज खेम लोहनी वागमती प्रदेश क्षेत्रबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । लोहनी नवौं महाधिबेशनबाट पार्टीको बैकल्पिक केन्द्रिय सदस्य हुंदै एमालेको केन्द्रिय कमिटीमा प्रवेश गर्नुभएको थियो।

यस्तै खुला महिलातर्फबाट धादिङकी नेतृ जानुका सिम्खडा निर्विरोध निर्वाचित हुनुभएको छ।केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकी सिम्खडा ज्वालामुखी गाउँपालिकाको उपाध्यक्ष समेत हुनुहुन्छ। गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो।नेकपा एमालेको वागमती प्रदेश कमिटी सदस्य एवम अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ। सिम्खडाले काठमाण्डौंमा सम्पन्न भएको एमालेको नवौं महाधिबेशनमा महिला तर्फवाट पुर्ण केन्द्रिय सदस्यमा पराजित हुनुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्