एमालेको लेखा आयोग अध्यक्षमा धादिङका पुष्प कँडेल,सदस्यमा मिनराज कँडेल

नेकपा एमालेको १० औं महाधिवेशनवाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा धादिङका प्रा.डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुका कँडेल यसअघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट नेकपा एमालेको राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु भएका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा रहेर काम गर्दै आउनु भएको छ।डा.कँडेल पाँचौं र छैठौं अधिबेशनबाट आयोगको सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंबाट अध्यक्ष निर्वाचित हुनु भएको हो ।

कँडेलले केपी ओली नेतृत्वको सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गर्नु भएको थियो ।पाचौ महाधिवेशनमा तीन जनाबाट सूरु भएको लेखा आयोग दशौ महाधिवेशनबाट २५ सदस्यीय पुगेको छ ।

सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरु केन्द्रीय कमिटी सदस्य सरहको मान्यतामा रहने व्यबस्था छ।यसैगरी आयोगको सदस्यमा धादिङ मलेखुका मिनराज कँडेल सदस्यमा चयन हुनुभएको छ । मिनराज यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्