नेपालमा एक करोड बढिले लगाए कोरोनाविरुद्धको खोप 

नेपालमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै एक करोड ३० हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ।आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो । हिजो मङ्गलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्