मङ्सिर १७ देखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने 

निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ।अब ७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले दिनुभयो।

उहाँले उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेको र सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि बताउनुभयो । आयोगले आउँदो जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्यो अगावै स्थानीय तहको निर्वाचन गराउन आवश्यक तयारी प्रारम्भ गरेको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्