सिन्धुपाल्चोकमा मतदाता नामावली संकलन पालिकाबाटै गरिने

सिन्धुपाल्चोक, १५ मंसिर 

निर्वाचन कार्यालय सिन्धुपाल्चोकको मतदाता नामावली संकलन पालिकास्तरमै हुने भएको छ। निर्वाचन कार्यालयले १७ मंसिरदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको हो ।

चौतारामा जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले बुधबारआयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले आफ्नो पालिकाबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताए ।

मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने र बसाइ सरी आएका कोही भए बसाइ सराइको प्रमाणपत्र वा विवाह भइ आएको र सोही स्थानमा दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने गौतमले बताए ।

दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । पहिलो चरणमा  १७-२८ मंसिरमा १० दिनसम्म हुने भएको छ । जसमा जिल्लाका हेलम्बु, पाँचपोखरी थाङपाल,बलेफी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा सञ्चालन हुने छ भने दोस्रो चरणमा २८ मंसिरदेखि ८ पुससम्म जिल्लाको इन्द्रवती, जुगल, लिसंखुपाखर, सुनकोसी, भोटेकोसी गाउँपालिका र मेलम्ची नगरपालिकामा हुनेछ ।

मतदाता नामावली संकलन कार्यक्रम छुटेकाहरूलाई समेट्ने उद्देश्यले जिल्ला निर्वाचन आयोगले मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८, १७ मंसिरदेखि ८ पुससम्म दुई चरणमा सञ्चालन गर्ने भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्