आज धादिङबेसीको पशुपति जात्रा 

धादिङको नीलकण्ठ नगरपालिका–१२ धादिङबेसी स्थित पशुपति मन्दिरमा आज साँझ जात्रा लाग्दैछ ।मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशीको दिन आज थोपलखोला र आँसीखोलाको बीचमा रहेको पशुपति मन्दिरमा आजपरम्पागत रुपमा चलिआएको सतबिज छर्ने र बत्ती बाल्न भक्तजनहरु आउने गर्दछन् ।विहिबार साँझदेखि लाग्ने पशुपतिनाथको जात्रालाई औसी जात्रा पनि भनिन्छ । 

पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद लम्सालका अनुसार पितृहरुको सम्झनामा आज रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान ४ बजेपछि सतविज छर्ने चलन रहिआएको छ।रातभर बालेको बत्ति र फुलअछेता नजिकैको खोलामा स्नान गरेर सेलाउने चलन छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ। एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आज बेलुकी दीपदान गरी रातभर जाग्राम बसेर भोली बिहान अर्थात बालाचतुर्दशीको बिहान मन्दिरमा सतबीज छर्नेको भिड हुने हुँदा भक्तजनहरुलाई सहजताको लागि हर प्रयास गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।मन्दिरमा गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन छ । पचास वर्ष भन्दा अघिदेखि लाग्दै आएको जात्रा हेर्न धादिङ आसपासका जिल्लाहरुबाट पनि भक्तजनहरु मन्दिर परिसरमा आउने गर्दछन् ।

बुधबार पशुपति मन्दिर संरक्षण समिति र धादिङ सोसियल भोलेन्टिएर नेपालले संयुक्त रुपमा मन्दिर सरसफाई गरेको छ । मन्दिरमा सरसफाईका साथै तोरन टाग्ने, डस्टबीन राख्ने र खानेपानीको व्यबस्थापन लगायतका काम गरिएको धादिङ सोसियल भोलेन्टिएर नेपालका पुर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तस्विर नारायण कुमार श्रेष्ठ

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 8 people, people standing and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्