राप्रपाको उपाध्यक्ष सहित केन्द्रिय सदस्यमा धादिङका चारजनाको उम्मेदवारी

धादिङ,१७ मंसिर।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा धादिङका चार जनाले उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै श्रिमती सरस्वती लामा, भाई डम्बर लामा र सुर्य बहादुर तामाङले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ।विभिन्न ध्रुर्वमा विभाजित रहेको राप्रपा एकीकृत भएपछि पहिलो पल्ट महाधिवेशन हुन लागेको हो ।धादिङका बुद्धिमान तामाङ र उहाँको भाई डम्बर बहादुर तामाङ कमल थापा निकटका मानिन्छन् ।

महाधिवेशनमा धादिङबाट ६४ जना प्रतिनिधी सहभागि भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम प्रत्येक गाउँपालिका, नगरपालिका, प्रदेश, क्षेत्रीय, जिल्ला अध्यक्ष स्वत महाधिवेशन प्रतिनिधि हुने प्रावधान रहेको छ ।

त्यसै गरी सक्रिय सदस्यको आधारमा र प्रत्येक प्रदेश कार्य समितिबाट ९÷९ जना जसमा खुला, जनजाति, उत्पिडित महिला आदिलाई समाबेशी सिद्धान्तको आधारमा प्रतिनिधि छनौट गरीएको राप्रपा धादिङले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्